१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

बागीको उम्मेदवारी फिर्ता : नेकपाका शाहीलाई समर्थन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा उम्मेदवार सम्बन्धी विवाद टुंगिएको छ। नेकपाका नेता महेन्द्रबहादुर शाहीविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका सोही पार्टीका नेता जीवन बुढा पछाडि हटेका छन्।

शुक्रबार उनले उम्मेदवारी फिर्ता लिएका हुन्। उनले शाहीलाई समर्थन गरेका छन्।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेकपाका तर्फबाट उनी पुनः प्रतिस्पर्धामा उत्रिएपछि बुढाले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

शुक्रबार पार्टीका संयोजक पुष्पकमल दाहल समेतको सहभागितामा जुम मिटिङ गरिएको थियो। तत्पश्चात उनले उम्मेदवारी फिर्ता लिएका हुन्।

बुढाले उम्मेदवारी फिर्ता लिनुअघि नेता शाहीसँग जनतामाझ नयाँ ढंगले जान केही प्रतिबद्धतामा समझदारी गरेको बताएका थिए। बुढा र शाही जनयुद्धका हस्ती समेत हुन्।

प्रकाशित: ९ माघ २०८२ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App