१० माघ २०८२ शनिबार
image/svg+xml
समाज

प्रहरी हिरासतमा रहेका युवाको उपचारकाक्रममा मृत्यु

प्रहरी हिरासतमा रहेका एक युवकको उपचारकाक्रममा  मृत्यु भएको छ। रौतहट गरुडा नगरपालिका ८ जिंगडियाका १९ वर्षीय विजय महराको उपचारको क्रममा गएराति नेशनल मेडिकल कलेज वीरगंजमा मृत्यु भएको हो।

गत साउन ३१ गते जिंगडिया ८ का २० वर्षीय निरन्जन रामको घाँटी रेटेर हत्या भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विजय महरासहित ७ जनालाई पक्राउ गरेर अदालतबाट म्याद थपी अनुसन्धान गरिरहेको थियो। प्रहरीले स्थानीय शेख अजादसहित पक्राउ परेका सबैले हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेको छ।

पक्राउ परेकामध्ये १९ वर्षीय विजय महरालाई प्रहरीले चरम यातना दिएको आरोप लाग्दै आएको छ। प्रहरीले भने यो आरोपको खण्डन गरेको छ।

मृतकका पिता पनिलाल महराले प्रहरीले हिरासतमा चरम यातना दिएको र यातनाको कारण नै छोराको दुवै किड्नी फेल भई मृत्यु भएको आरोप लगाएका छन्। मृतकका पिता महराले घटनाको न्यायिक छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि महतोले प्रहरी नियन्त्रणमा रहेका महराको गएराति नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वीकार गरेका छन्। तर प्रहरीले यातना दिएको कुरा सरासर गलत भएको बताएका छन्।  

निरन्जन रामको हत्या भएपछि गत भदौ १ गते राति आरोपितहरुलाई जिंगडियामा पक्राउ गर्न जाँदा स्थानीयले अवरोध गरेपछि प्रहरीले सामान्य बल प्रयोग गर्दा विजय महरालाई पनि एक दुई भाटा लागेको र निजको मेडिकल गराउँदा सामान्य निलडाम देखिएको देखिएको थियो। भदौ ३ मा महराको पिसाबमा समस्या आएको र त्यसै दिन नै नजिकैको अनामिका अस्पतालमा उपचारका लागि लैजाँदा अस्पतालले पिसाबमा इन्फेक्सन देखिएको बताएको तथा वीरगंजस्थित नेशनल मेडिकल कलेजमा लगेर उपचार गराउन भनेपछि ४ भदौमा वीरगंज लगिएको डिएसपि महतोले बताए।  

महरालाई नेशनलमा पुर्या एपछि किडनीमा समस्या भएको बताएको र कोरोना परीक्षण नगरी उपचार नगर्ने बताएपछि कोरोना परीक्षण गराई उपचार गराउँदै गर्दा उनको दुवै किड्नी कामै नलाग्ने गरी फेल भएको नेशनल मेडिकलले बताएको थियो। नेशनलमै महराको किडनीको दुई पटक डायलोसिस गरिएको बताउँदै डिएसपि महतोले बताए।  

 

प्रकाशित: ११ भाद्र २०७७ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App