८ वैशाख २०८१ शनिबार
समाज

बारामा थप दुई कोरोना संक्रमितको मृत्यु

दुई दिनमै चार जनाले गुमाए ज्यान

कोरोनाको कारण बुधबार थप दुई पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।  मृत्यु हुनेमा विश्रामपुर गाउँपालिका–१ छतवा टोलका  ४० वर्षीय अशोक यादव र  कलैया उपमहानगरपालिका–१ का ७० वर्षीय पुरुष विश्वनाथ प्रसाद जैसवाल रहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

यादवको नारायणी  अस्थायी कोभिड अस्पताल हेल्थ केयरमा र जैसवालको नारायणी  अस्थायी कोभिड अस्पतालमा गण्डकमा उपचारको क्रममा मृत्यु भएको पगेनीले बताए।

किड्नी ट्रस्फर गराएर नेशनल शिक्षण अस्पतालमा उपचार गराई रहेका यादवमा ज्यरो आए पछि नेशनलबाट रेफर गरेर हेल्थकेयरमा मंगलबार लगिएको र उनको स्वाब संकलन गरि परिक्षण गर्दा कोरोना संक्रमित भएको पुष्टि भएको प्रहरी उपरीक्षक पगेनीले बताए।

उपचारको क्रममा रहेका यादवको बुधबार बिहानै ज्यान गएको अस्पतालले जनाए उनले बताए। अर्का मृत्यक जैसवालमा केही दिन पहिला कोरोना संक्रमण पुष्टि भए पछि थप उपचारको लागि गण्डकमा भर्ना गरिएको थियो प्रहरीले जनाएको छ। बिभिन्न रोगले पीडित रहेका जैसवालको गण्डक अस्पतालमै उपचारको क्रममै मृत्यु भएको प्रहरी उपरीक्षक पगेनीले बताए।

मंगलबार मात्रै अस्पतालमा उपचार गराइरहेका बाराको सुवर्ण गाउँपालिका तथा महागढीमाई नगरपालिकाको एक एक जना गरी दुई जनाको कोरोनाको कारणले मृत्यु भएको थियो।

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार गराई रहेको महागढीमाई नगरपालिका ४ मल्हनीका ५९ वर्षीय गेनालाल प्रसाद शाह र सुवर्ण गाउँपालिका ४  पर्शुरामपुरका ७२ वर्षीय भुपलाल प्रसाद यादवको कोरोना भाइरसको कारणले मृत्यु भएको  बारा प्रहरीले बताएको थियो।

यो समेत गरेर कोरोनाका संक्रमणका कारण बारामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। यसै गरी बुधकार बाराका थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ।

नयाँ भेटिएका संक्रमितहरु मध्ये जितपुरसिमरा उपमहानगरपालिकाका २३ , प्रसौनी गाउँपालिकाका २ र निजगढका १ जना गरि २६ जना रहेको जिल्ला स्वास्थ कार्यालय बाराका निरीक्षक तथा कोरोना रोगका फोकल पर्सन शंकर प्रसाद गुप्ताले बताएका छन्। थपिएका मध्ये २१ पुरुष र ५ महिना रहेका गुप्ताको भनाई छ।बारामा कोरोना संक्रमित हुनेहरुको संख्या ७४९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ। 

प्रकाशित: १० भाद्र २०७७ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App