काठमाडौमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। गत साउन ३१ गतेदेखि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत काठमाडौं महानगरपालिका–२१ का ६६ वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ।
साउन २९ गते कोरोना संक्रमण पुष्टि भएका उनी दुई दिन घरमै आइसोलेसनमा बसेका थिए। भने ३१ गते मात्र अस्पताल भर्ना भएका थिए।
स्वास्थ्यमा थप समस्या आएपछि साउन ३२ देखि आईसीयूमा र भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर ती पुरुषको उपचार गरिएको थियो।
प्रकाशित: ९ भाद्र २०७७ ०९:३७ मंगलबार





