सरकारले कोरोना संक्रमितको उपचारका लागि निर्धारण गरेको तीन तहका अस्पतालको वर्गीकरण खारेज गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन तहको वर्गीकरणलाई खारेज गर्दै ‘कोभिड अस्पताल’मा परिवर्तन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहित बसेको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले अस्पताललाई लेभल वान, टु र थ्री गरी गरिएको वर्गीकरण खारेज गर्ने निर्णय गरेको थियो।
अब ति अस्पतालहरुले कोभिड र ननकोभिड विरामीको उपचारका लागि छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने छ।
प्रकाशित: ८ भाद्र २०७७ ११:०३ सोमबार





