१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रेलियन ओपनः स्वातेक र सिनर क्वार्टरफाइनलमा

दोस्रो वरीयाताकी इगा स्वातेक र छैठो अमेरिकाकी जेसिका पेगुला अस्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।  

सोमबार भएको खेलमा अस्ट्रेलियाकी मेडिसन इग्लिसमाथि ६-० र ६-३ को सहज जित निकाल्दै पोल्यान्डकी स्वातेकले अन्तिम आठको यात्रा तय गरेकी हुन् । इग्लिसलाई हराउन स्वातेकलाई एक घण्टा १३ मिनेटमात्र लागेको थियो ।  

अर्को खेलमा आफ्नै देशकी मेडिसन किजलाई ६-३ र ६-४ को सेटमा हराउँदै अमेरिकाकी  पेगुलाले पनि क्वार्टरफाइनलमा स्थान बनाइन् । किजविरुद्ध एक घण्टा १८ मिनेट संघर्ष गरेकी पेगुलाले अब सेमिफाइन प्रवेशका लागि आफ्नै देशकी अमान्दा आनिसिमोभासँग खेल्नेछन् । स्वातेकले भने क्वार्टरफाइनलमा काजकिस्तानकी एलेना रिबाकिनासँग प्रतिस्पर्धा गर्नेछन् ।  

सोमबार नै भएको खेलमा रिबाकिनाले बेल्जियमकी एलिज मेर्टेन्सलाई ६-१ र ६-३ तथा आनिसिमोभाले चीनकी झिन्यू वाङलाई ७-६(७-४) र ६-४ को सेटमा पाखा लगाएकी हुन् ।  

पुरुष एकलतर्फको खेलमा जित निकाल्दै इटलीका जानिक सिनर र लोरेन्जो मुसेट्टीले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । दोस्रो वरीयाताका सिनरले आफ्नै देशका लुसिआनो दारदेरीलाई ६-१, ६-३ र ७-६(७-२) को सेटमा पराजित गरे ।  

अर्को खेलमा मुसेट्टीले अमेरिकाका टेलर फ्रेट्जलाई सोझो सेटमा पाखा लगाए । सेमिफाइनल प्रवेशका लागि पाँचौ वरीयाताका मुसेट्टीले चौथो वरीयाताका नोभाक जोकोभिचसँग प्रतिस्पर्धाा गर्नेछन् ।   

प्रकाशित: १२ माघ २०८२ १५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App