सात प्रहरी र दुई वडासदस्यसहित कपिलवस्तुमा थप ३० जनामा कोरोना पुष्टि भएको छ। यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४५ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थपिएकामा ७ जना प्रहरी, बाणगंंगा नगरपवालिकाका ८ जना, बिजयनगरका ६, सुद्धोदन गाउँपालिकाका ४, मायादेबी गाउँपालिका २, शिवराजका २ र बुद्धुभुमीका एक जना छन्। बाण्गांगा नगरपालिकामा थपिएका मध्ये सबै समुदयस्तका पुरुष हुन्।
बाणगंगा नगरपालिका वडा नम्बर १ का २ जना, ८ का २ जना तथा २, ३, ४ र ६ का एक एक जना छन्। बिजयनगर वडा नम्वर ७ का वडा सदस्य, वडा नम्बर १ र ७ का एक एक कृषक, वडा नम्बर २ का बिमा कम्पनीका एक जना, वडा नम्बर ३ का राजनीतिक दलका नेता एक जना, वडा नम्बर ५ का औषधि पसले एक जना छन्। यस्तै सुद्धोदन गाउँपालिकाका २ विद्यार्थी एक गृहणी र एक समुदायका हुन्।
यसैगरी मायादेबी वडा नम्बर ७ का वडा सदस्य र कृषि विकास बैकका एक कर्मचारी हुन्। शिवराजका एक जना जापान र एक जना भारतबाट फर्केका पुरुष हुन्। यस्तै बुद्धुभुमी नगरपालिका–२ का एक जना पुजारीमा पनि कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालकया कोरोना फोकल पर्सन कुमार थापाले बताए।
प्रकाशित: ७ भाद्र २०७७ १०:३२ आइतबार





