कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि कपिलवस्तमुा फेरी अर्को एक साताका लागि लकडाउन थपिएको छ। आइतबार राति १२ बजेसम्मका लागि लकडाउन गरिएकोमा आगामी भदौ १५ गतेसम्मका लागि थपिएको हो। गत साउन २२ गतेबाट जारी लकडाउन यो चौथो पटक थपिएको हो।
जिल्लामा १ हजा १५ कोरोना संक्रमति रहेको र त्यसमध्ये १ सय ७७ जना सकृय संक्रमित छन्। समुदायस्तरमा तीव्र रुपमा संक्रमण फैलिएपछि त्यसको नियन्त्रणका लागि थप एक साता लकडाउन थपिएको प्रजिअ दीर्घ नारापण पौडेलले बताए। सो निर्णयपछि अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द छन्।
ररकारी कार्यालय, बजार, पसल निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरिएको छ। बैकिङ संस्थालाई भने स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्ड अनुसार कार्यालय समयमा बिहान ८ देखि १० बजेसम्मका लागि न्युनतम कर्मचारीले आवश्यक सेवा प्रवाह गर्न दिईन भएको छ। प्रजिअ दीर्घ नारायण पौडेकाले अध्यक्षतामा जिल्ला कोरोना विपद व्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए। सजगता अपनाई संक्रमणको बिस्तारलाई रोक्न सो निर्णय गरिएको प्रजिअ पौडेलले बताए। उद्योग कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको मापदण्ड अनुसार संचालन गर्न पाइने छ।
खाद्यान्न तथा तरकारी किन्नका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ। लकडाउन पालना नगर्नेलाई कडा कारबाही गरिने प्रशासनले जनाएको छ।
प्रकाशित: ७ भाद्र २०७७ ०८:५४ आइतबार





