१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

जिल्लालाई २ हजार ५ सय बोरा रासायनिक मल !

साल्ट ट्रेडिङ कर्पोरेशनले किसानलाई रासानिक मल वितरण सुरु गरेको छ। प्रारम्भिक चरण २ हजार ५ सय बोरा मल वितरण गर्ने भएको हो।  

सहकारी मार्फत वितरण गर्ने कर्पोरेशनले किसानलाई उपलब्ध गराउन थालेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। ‘सहकारी मार्फत वितरण नगरेर स्थानीय तह पठाएर मल दिन थालेका छौ’ उनले भने, ‘सहकारी सदस्यले मात्र मल नपाई डाईरेक्ट किसानको हातमा मल पर्छ।’ उनका अनुसार एमिन्यू सल्फेट प्रशस्त मात्रामा रहेकाले यूरियाको ठाउँमा किसानले प्रयोग गर्न सक्ने छ।  

पुनः कर्पोरेशनले रसायनिक मल(यूरिया र डिएपि) पठाउने भएकाले प्रयाप्त मात्रामा नभएपनि अब किसानलाई रासानिय मल उपलब्ध हुने उनले जानकारी दिए। जिल्लामा एक सिजनमा किसानलाई २ हजार टन मलको आवश्यक्ता पर्दछ।

प्रकाशित: ७ भाद्र २०७७ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App