१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अशक्तलाई घरमै नागरिकता

लामीडाँडाका वृद्धालाई नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र गाउँपालिका अध्यक्ष लिलानाथ निरौला । तस्बिर सौजन्य : जिल्ला प्रशासन कार्यालय

कोरोना भाइरस (कोभिड–१९) को महामारीकैबीचमा जिल्ला प्रशासन कार्यालय खोटाङले वृद्ध, अशक्त तथा अपांगता भएका चार व्यक्तीलाई घरैमा पुगेर नागरिकताको प्रमाण–पत्र प्रदान गरेको छ। जिल्ला प्रशासन कार्यालयले रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको हलिवन, भालुढुंगा र तिर्पाका वृद्ध, अशक्त तथा अपांगता भएका स्थानीयलाई शनिबार घरैमा पुगेर नागरिकता प्रदान गरेको हो । नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्दा हालसम्म नागरिकता बिहिन बसिरहेका ७४ वर्षीय बिबा माझी, ७१ वर्षीय फूलकुमारी माझी, ६८ वर्षीय खरा माझी र २२ वर्षका रेवत मगरलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।  

रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष बिदुरकुमार खतिवडा र वडा सचिव टंकप्रसाद आचार्यको समन्वयमा उनीहरुलाई घरैमा नागरिकता प्रदान गर्ने व्यवस्था मिलाइएको हो । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी पौडेल र गाउँपालिका अध्यक्ष निरौलाले नागरिकताको प्रमाण–पत्र हस्तान्तरण गरेका थिए । अशक्तताको कारण हालसम्म नागरिकता पाउन नसकेका नागरिकलाई घरैमा नागरिकता प्रदान गर्न पाउँदा सेवा अवधिकै सबैभन्दा सन्तुष्टी मिलेको प्रजिअ पौडेलले प्रतिक्रिया दिए ।  

वृद्ध, अशक्त तथा अपांगता भएका व्यक्तीलाई नागरिकता प्रदान गर्नका लागि जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरिया, जिल्ला प्रशासन कार्यालयका नासु सिताराम आचार्य र खरिदार ओसनवाबु आचार्य लगायत लामीडाँडाक हलिवन, भालुढुंगा र तिर्पा पुगेका थिए ।  

प्रकाशित: ७ भाद्र २०७७ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App