८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा मनाइयो 'चोरीको पर्व'

चोरीको पनि पर्व हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर शनिबार भक्तपुरमा चोरीको पर्व चोथा मनाइएको छ । घरघरमा भगवान श्री गणेशको पूजा गरी  गणेश चतुर्दशी अर्थात् चोथा पूजा गरिएको हो । साँंझ सूर्यास्तसँंगै घरघरको झ्याल वा छतमा गणेशको तस्बिर राखेर भगवान गणेशको पूजा गरिएको हो । स्थानीय नेपाल भाषामा यसलाई चोथा पूजा भनिन्छ ।  

यस क्रममा विभिन्न थरीका गेडागुडीहरु भुटेर खाने प्रचलन छ । मकै, गहुँं, भटमास, बकुला, बदाम, केराउ, सिमी, चनालगायतका गेडागुडी खाई पर्व मनाइन्छ ।    

पर्वको विशेष विशेषता पर्वको दिन चोरेर खानु रहेको छ । यसकारण यो रातमा चोरेर खाने चलन छ । खेतबाट काँंक्रो, लसुन, भोगटे, कागती, नरिवल, केरा, अम्बालगायतका मौसमी फलहरु रातको समयमा चोरेर खाने चलन छ । त्यसकारण यो पर्वलाई चोरीको पर्व भनेर प्रख्याती पाएको स्थानीयहरु बताउँंछन् । चोरीको यो चलन पहिला जस्तै अहिले चलेको छैन । नभए पनि हराउन चाहिं नहराएको स्थानीय सुनाउँंछन् ।  

यस दिन देखिने चन्द्रमामा दोष हुने र चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वासका कारण चोरीको परम्परा रहेको उनीहरुको भनाई छ । स्थानीय कृपा श्रेष्ठ दुई चार वर्ष अगाडिसम्म चोरीको व्यापक चलन रहे पनि अहिले भने यो चलन विस्तारै हराउँंदै गएको सुनाउँंछिन् ।  

पर्वको अवसरमा टोलटोलका गणेश मन्दिरहरुमा भगवान् शिव–पार्वती पुत्र गणेशको जन्मोत्सव पूजा आराधना गर्न गरिन्छ । यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी (चिउरामा मासुलगायतको मिसाएर दिने खाजा) तथा फलफूल चढाउने चलन पनि रहेको छ ।  

यसअघि पर्वको तयारीका लागि विहानैदेखि घरलाई चोखो बनाउने काम भएका थिए । अनि साँंझ सूर्यास्तसँंगै घरघरमा पूजा गरिएको हो । पूजाको बेला कुकुर रुने जनविश्वास रहिआएको छ ।

कला, संस्कृति तथा भजन महागुथिका संस्थापक अध्यक्ष डा इन्दुल केसी यो पर्व जनमानसमा चोरीसँंग सम्बन्ध रहे पनि वास्तविकता भने यसको ठिक उल्टो रहेको बताउँंछन् ।  उनका अनुसार चोर होइन भन्ने प्रमाणित गर्न परापूर्वकालमा परिवारका सवै सदस्यले पर्वको दिन ज्यामिरे लिएर बस्ने परम्परा थियो ।  

कसैकसैले यस दिनलाई विनायक चतुर्थि पनि भन्दछन् । गणेश या विनायक या गजाधर जे नामले सम्झिए पनि यी सम्पूर्ण नाम भगवान गाणेशकै हुन् । १०८ वटा विभिन्न नाम भएका भगवान गणेशलाई कला र साहित्यको भगवान पनि मानिने चलन छ । उनको जन्मकाबारेमा दुईखाले धारणा पाइन्छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी मैलबाट बनाइएको आकृतबाट गणेश उत्पन्न भएका हुन ।  

एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रुपमा गणेशलाई राखेका थिए । यी सब कुराबाट भगवान् शिव जानकार थिएन र सोही समय पार्वतीलाई भेटन भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए । स्नानपश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसंग अनेक विलौना गरेपछि देवादिदेव महादेव उत्तरतर्फ गई हात्तिको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको उल्लेख गरेको छ ।

प्रकाशित: ६ भाद्र २०७७ १३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App