२ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

नदीको दूषित पानी पिउँदै

महाकाली नदीको पानीको गुणस्तर मापन गर्दै। तस्बिरः बिरा/नागरिक

महाकाली नदीका किनाराका बासिन्दा नदीको दूषित पानी पिउँदै आएका छन्। महाकाली नदीको पानीमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने पीएच नामको रसायन अत्यधिक रहेको पाइएको छ। महाकाली किनारका बासिन्दाले नदीकै पानी प्रयोग गरिरहेकाले पानीको गुणस्तर मापन गर्दा यस्तो पाइएको हो। बैतडीको दशरथचन्द नगरपालिका–६, तिरखडेनी, पञ्चेश्वरको बलारा र शिवनाथ गाउँपालिकाको क्षेत्रमा नदीको पानीको गुणस्तर मापन गरिएको हो। नदीको पानीको गुणस्तर मापन गर्दा पीएच नामको रसायन फेला परेको ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहारले जानकारी दिए। ९ प्रतिशत पिएच रसायन फेला परेको उनले  बताए।

तटीय क्षेत्रका बासिन्दा नदीको धमिलो पानी पिउँदै आएका छन्। खानेपानीको अन्य विकल्प नहुँदा नदीको पानी प्रयोग गर्दै आएको  दशरथचन्द नगरालिका–११ की पशुपति बुडालले बताइन्। सीमा क्षेत्रका बासिन्दाको सहयोगका लागि सञ्चालनमा रहेको ट्रोसा परियोजना अन्तर्गत महाकाली किनारका बासिन्दाले कस्तो पानी प्रयोग गरिरहेका छन् भन्ने विषयमा पानीको परीक्षण गरिएको बताइएको छ। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दूषित पानीकै कारण विभन्न खालका संक्रमण हुने गरेका छन्।

दूषित पानीका कारण समुदायमा विभिन्न प्रकोप फैलिने भएकाले बेलैमा सचेत रहन आग्रह गरिएको छ। नदीको तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको पहुँच वृद्धि र नदी तटीय समुदायको गरिबी न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यको दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना ट्रोसा सञ्चालन भएको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए।  

पानी शुद्धता गुणस्तरका लागि अपनाइने २७ विधि मध्ये सामान्यतया दूषित रहे÷नरहेको पत्ता लगाउन पाँचवटा विधि अपनाउदा दूषित रहेको पाइएको हो। पानी शुद्धिकरण गुणस्तर मापन गर्दा अपनाइने विधिहरु मध्ये सामान्य तथा स्थानीयले नै जानकारी लिन सक्ने गरी जिपिएस तरिकासँगै पिएच (पानीको गुणस्तर), टिडिएस (पानीमा घुलित तत्व), डिओ (जैविक तत्वको मात्रा) र टिएम (तापक्रम) मापन गर्दा नदीको पानी पिउन योग्य नरहेको कार्यकारी निर्देशक जोशीले बताए।  महाकाली नदीको पानी गुणस्तर मापन गर्दा पिएच ११, टिडिएस ५ सय १६ पाइएको थियो।  

प्रकाशित: ६ भाद्र २०७७ ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App