२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

विराटनगरमा ५ दिनका लागि निषेधाज्ञा

विराटनगरमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा गएपछि दैनिक संक्रमितको संख्या बढ्न थालेको छ। कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर क्षेत्रमा साउन दोस्रो सातादेखि भदौ ५ गतेसम्म लकडाउन गरिएको थियो।  

समुदायमा फैलिएको कोरोना भाइरसको ‘चेन ब्रेक’ हुने आशामा गरिएको लकडाउनबाट खासै उपलब्धि नभएपछि शुक्रबार जिल्ला स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले विराटनगरमा ५ गते राति १२ बजेदेखि १० गते राति १२ गतेसम्मका लागिनिषेधाज्ञा गर्ने निर्णय गरेको जनाएको छ।  

बैठकमा विराटनगर महानगरपालिकाको तर्फबाट मेयर भीम पराजुलीले संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव गरेको बताइएको छ। विराटनगरमामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा पुगेपछि, त्यसलाई केही हदसम्म नियन्त्रण हुने आशाले निषेधाज्ञा गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए।  

लकडाउनका समयमा मानिसहरूको आवतजावत नरोकिएका कारण निषेधाज्ञा गरेको बताइएको छ। निषेधाज्ञाबाट मानिसहरूको आवतजावतमा कमी आउने र अहिले भइरहेको सार्वजनिक काम नरोकिने बताइएको छ।

प्रकाशित: ५ भाद्र २०७७ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App