१ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

८९ जना संक्रमित प्रदेश १ मा थपिए

कोरोना भाइरस (कोभिड १९) का संक्रमित प्रदेश १ मा शुक्रबार ८९ जना थपिएका छन्। संक्रमितमध्ये ३८ महिला र ५१ जना पुरुष रहेका छन्।  

मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

विराटनगरमा शुक्रबार २९ जनामा संक्रमण देखिएको छ। जसमा १३ महिला र १६ पुरुषको रिपोर्ट कोरोना पोजेटिभ आएको छ। मोरङको कटहरीमा ५ महिला १ पुरुष, सुन्दरहरैँचामा ३ महिला ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ पुरुषमा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सुनसरीको दुहबीमा २ महिला १२ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ पुरुष, कोसी गाउँपालिकामा १ पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा १–१ महिलाको रिपोर्ट पोजेटिभ आएको छ। झापाको मेचीनगरमा ३ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, दमकमा १ पुरुष, इलामको सन्दकपुरमा २ महिला २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुष, सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ८६ पुगेको छ।  

प्रदेश १ मा शुक्रबार ६९ जना डिस्चार्ज भएका छन्। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ४९, वीजनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका छन्।  

डिस्चार्ज भएकामा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन्। प्रदेश १ मा हालसम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन्।  

उपचार नपाएर होम आइसोलेसनमा बसेका विराटनगर–६ का ४५ वर्षीय पुरुषको घरमै बिहीबार राति करिब ८ बजेतिर मृत्यु भएको महानगरपालिकाले जनाएको छ। विराटनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।

प्रकाशित: ५ भाद्र २०७७ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App