१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

घरेलु हिंसाको कालो रुप : गर्भवती श्रीमतीलाई कुटपिट

श्रीमानको कुटाईबाट गम्भिर घाईते कुमारीलाई उपचारका लागि दाङ लैजादै ।

पश्चिम/दक्षिण रोल्पाको होलेरीमा श्रीमानको कुटाइबाट एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन् । श्रीमानको कुटाइबाट उनको गर्भपतन समेत भएको छ । रोल्पा प्रहरीका अनुसार रुन्टिगढी गाउँपालिका वडा नम्बर ३ मसिना निवासी १७ वर्षीया कुमारी बिक गम्भीर घाइते बनेकी हुन् । आठ महिनाकी गर्भवती रहेकी कुमारीलाई साउन २९ गते मध्यराति उनका श्रीमानले मदिरा सेवन गरेर निर्घाध कुटपिट गरेका थिए ।  

कुटाईबाट गम्भीर घाइते बिकले घटना घटेको भोलिपल्ट साउन ३० गत मृत शिशु जन्माएको परिवारले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका डाक्टर आधार वलीका अनुसार कुटपिटबाट टाउको र शरीरमा गम्भीर चोट लागेको छ । डा. आधारका अनुसार घाइते कुमारीको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सामान्य उपचारपछि शनिबार थप उपचारका लागि दाङ रिफर गरिएको छ । श्रीमती कुट्ने सोनु बिकलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यालय होलेरीले बताएको छ ।  

महिला हिंसाका घटनाहरु न्यूनीकरण गर्न भन्दै सरकारी तवरबाट ठुलो रकम खर्चिए पनि रोल्पामा हिंसाका घटनाहरु रोकिएका छैनन् । वास्तबिक पीडितसम्म कुनै पनि जानकारी नपुग्ने तथा जानकारी मुलक कार्यक्रमहरु औपचारीकतामा सिमित हुने भएपछि हिंसाका घटनाहरु घट्ने र लुकाईने गर्दछन् । चोट पटकसंगै अस्पताल नै पुग्नुपर्ने भएपछि बाहिर आउछन् । यतिबेला महिला हिंसा न्यूनीकरणका सवालमा स्थानीय तहहरु पनि मौन जस्तै छन् ।  

रोल्पा प्रहरीमा गत आर्थिक वर्ष २०७६/०७७ मा घरेलु हिंसाका ८८ र लैङगीक हिंसाका १० वटा गरि ९८ उजुरी परेका छन् । ति मध्ये ५८ मिलापत्र गरिएको थियो भने २० वटा सम्बन्ध बिच्छेदका लागि अदालत गएको जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।

प्रकाशित: ३१ श्रावण २०७७ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App