१६ चैत्र २०८० शुक्रबार
समाज

७३३ जना विदेशी नागरिक पक्राउ

प्रतिकात्मक तस्वीर

गत जेठ ३१ मा माइतीघर मण्डलामा एमसिसी र रुकुम पश्चिमको हत्याकाण्डको बिरोधमा आन्दोलन भयो। उक्त आन्दोलनमा सहभागी ६ विदेशी नागरिक पक्राउ परेका थिए। सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएको अभियोगमा पक्राउ परेका तीन चिनिया, अमेरिकी, नर्वेजियन र अष्ट्रेलियन नागरिक केही दिनपछि थुनामुक्त भए। अन्तर्राष्ट्रिय उडान सुरू भएलगत्तै उनीहरूलाई नेपालबाट निष्कासन गरिएको छ।  

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीकाअनुसार सबै जना जरिवाना तिरेर छुटे पनि पाँच जनालाई अन्तर्राष्ट्रिय उडान सुरू भएको १५ दिनभित्र निष्कासन गरिदैँछ। नेपालीसँग विवाह गरेर वैवाहिक भिसामा नेपाल आएकी नर्बेजियन नागरिकलाई भने जरिवाना तिराएर छाडिएको थियो। नेपालमा विदेशी नागरिक राजनीतिक गतिविधिमा संलग्न हुनु गैरकानुनी हो।  

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न अपराधमा संलग्न रहेका सात सय ३३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरू ज्यान, चोरी, संगठित तथा आर्थिक अपराध, सामाजिक, महिला तथा बालबालिका, सवारी र विविध सम्बन्धी अपराधमा पक्राउ परेको प्रहरीको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न अपराधमा संलग्न ६ सय ७७ जना विदेशी पुरुष र ५६ जना विदेशी महिला पक्राउ परेको प्रहरीको भनाइ छ।  

सामाजिक अपराध अन्तर्गत सार्वजनिक हित स्वास्थ्य, सुरक्षा र सुविधाविरुद्धको कसुरमा दुई सय ६३ जना विदेशी पक्राउ परेका थिए। त्यस्तै संगठित तथा आर्थिक अपराध अन्तर्गत लागू औषधमा एक सय ४४ पुरुष र ६ जना महिला गरी एक ५० जना विदेशी पक्राउ परेका थिए। सामाजिक अपराध अन्तर्गत सामाजिक शान्तिविरुद्धको कसुरमा ६६ जना विदेशी पक्राउ परेका थिए। नेपाल प्रहरीको तथ्यांकअनुसार ६१ जना साधारण चोरीमा, २० जना बैंकिङ कसुर र १९ जना जबरजस्ती करणीमा पक्राउ परेका थिए। त्यसबाहेक डाका चोरी, कर्तव्य ज्यान, जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्रासम्बन्धी कसुर, सवारी ज्यान, हातहतियार खरखजना, जवरजस्ती करणी उद्योग, बालयौन दुराचार,अपराध वा शरीर बन्धक, ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ, नापतौल, नागरिकता, सवारी अंगभंग, चिठ्ठा र बहुविवाहसम्बन्धी कसुरमा समेत पक्राउ परेका थिए।  

आर्थिक वर्ष २०७५÷०७६ मा आठ सय ५७ जना विदेशी पक्राउ परेका थिए। ‘अधिकांश विदेशीहरू जानकारी नभएर जुलुस र आन्दोलनमा सहभागी भएका छन्,’ नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतले भने, ‘आर्थिक वर्ष २०७५÷०७६ तुलनामा गत वर्ष विदेशी पक्राउको संख्या घटेपनि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी कसुरमा पक्राउ पर्ने विदेशीको संख्या धेरै छ।’ कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार हालसम्म मुलुकका कारागारमा ४० भन्दाबढी एक हजार दुई सय ८७ जना विदेशी कैदीबन्दी छन्।

प्रकाशित: २९ श्रावण २०७७ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App