२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

३० बिघामा लगाइएको गाँजा र अफिमखेती नष्ट

फाइल तस्बिर

मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो। 

अभियानका क्रममा राक्सिराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा गरिएको गाँजा र अफिमखेती फडानी गरी नष्ट गरिएको हो।

गाँजा फडानी अभियानलाई निरन्तरता दिने प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: १६ पुस २०८२ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App