२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

कोशीमा आपतकालीन स्वास्थ्य उपचार समिति गठन

कोशी अस्पतालमा आपतकालीन स्वास्थ्य उपचार समिति गठन गरिएको छ। कोशी अस्पतालका डा यज्ञराज खरेलको संयोजकत्वमा ९ सदस्यीय आपतकालीन स्वास्थ्य उपचार समिति गठन गरिएको हो।

फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सम्भावित स्वास्थ्य चुनौतीलाई मध्यनजर गर्दै समिति गठन गरिएको जनाइएको छ। समितिका सदयहरूमा मञ्जु यादव, डा रवि वास्ताकोटी, डा नविन सुवेदी, डा दिवस राजभण्डारी, डा शन्नीकुमार सोनी, डा पुरनचन्द्र साह, वद्री बस्नेत र अमित झा रहेका छन्।

समितिका संयोजक डा खरेलले निर्वाचनको समयमा ठूलो घटना भएर धेरै मानिस घाइते भएको अवस्थामा यो समितिले आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध मिलाउने बताए। उनले भने, ‘ठूलो घटना भएर धेरै मानिस प्रभावित भएको अवस्थामा आवश्यक डाक्टर, औषधि, उपकरणलगायतको व्यवस्थापनको तयारीका लागि आपतकालीन स्वास्थ्य उपचार समिति गठन गरिएको हो।’

डा खरेलका अनुसार आवश्यक परेको अवस्थामा यो समितिले मोरङका अन्य अस्पतालहरूसँग समेत समन्वय गरी स्रोत साधनको परिचालन गर्ने छ।

प्रकाशित: २० फाल्गुन २०८२ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App