२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वी लेबनानको बालबेकमा इजरायली हवाई आक्रमण : चार जनाको मृत्यु

इजरायलले  पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन्।

उद्धार टोलीहरूले अझै पनि क्षेतिग्रस्त भवनको भग्नावशेषमुनि फसेका मानिसहरूलाई निकाल्ने काम गरिरहेको लेबनानी राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

इजरायली सेनाले यस अघि नै लेबनानका बासिन्दाहरूका लागि निकासी चेतावनी जारी गरेको थियो।

यस अघि लेबनानको स्वास्थ्य मन्त्रालयले माउन्ट लेबनान गवर्नरेटको आरामौन र सादियातका क्षेत्रलाई लक्षित गरी गरेको इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको घोषणा गरेको थियो।

प्रकाशित: २० फाल्गुन २०८२ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App