२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

ललितपुर महानगरले भन्यो : मतदानको दिन फोहोर उठाउन सक्दैनौँ

ललितपुर महानगरपालिकाले मतदानको दिन फोहोर उठाउन नसक्ने भन्दै घरमै व्यवस्थापन गर्न अनुरोध गरेको छ। 

नियमित रूपमा सञ्‍चालन हुँदै आएको फोहोरमैला संकलन तथा सरसफाइ कार्य प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का कारण मतदानको दिन (फागुन २१) गते स्थगित गरेको महानगरपालिकाले जनाएको छ।  

महानगरपालिकाले यस अवधिमा उत्पन्‍न हुने फोहोरमैला आफ्नै घर वा कम्पाउन्डभित्र व्यवस्थित रूपमा राख्‍न तथा जथाभावी सडक, सार्वजनिक स्थल वा खुला स्थानमा नफाल्न सबैसँग अनुरोध गरेको छ।  

प्रकाशित: २० फाल्गुन २०८२ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App