१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्मला हत्याकाण्ड : तत्कालीन प्रहरी उपरीक्षक विष्टसहित ८ प्रहरीलाई सफाइ

निर्मला बलत्कार तथा हत्या काण्डको छानविनको क्रममा मुद्दा लागेका ८ प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाई दिएको छ। तत्कालिन प्रहरी उपरीक्षक दिल्ली विष्ट सहित आठ जना प्रहरीलाई जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाको इजलासले सफाई दिएको हो।  

यातनाविरुद्धको कसुर र प्रमाण नष्ट गरेको सार्वजनिक न्यायविरुद्धको कसुरमा उनीहरुलाई सफाई दिइएको हो। अदालतका स्रेस्तेदार यदु शर्माका अनुसार यातना दिएको कुनै प्रमाण फेला नपरेको, स्वास्थ्य जाँच प्रतिवदेनमा पनि त्यस्तो नदेखिएको र प्रमाण नस्ट गर्नु पर्ने कारण नदेखिएकोले अदालले सफाई दिएको हो।  

यातना दिएको भन्दै दिलिप विष्टका दाजु खडकराज विष्टले उजुरी दिएका थिए भने प्रमाण नष्ट गरेको आरोपमा निर्मलाकी आमा दुर्गादेवी पन्तले उजुरी दिएकी थिइन्।  

 

प्रकाशित: १५ श्रावण २०७७ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App