२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कागजमा योजना सम्पन्न देखाएर भुक्तानी सिफारिस

असारे अनियमितता

राष्ट्रिय धानबाली अनुसन्धान परिषद् हर्दिनाथ बनीनियाको परिसरमा निर्मानाधिक डीप ट्यूबबेल जडान काम। तस्विरःमिथिलेश यादव/नागरिक

कृषि यान्त्रिकिकरण प्रवद्र्धन केन्द्र नकटाझिज धनुषाले कार्य सम्पन्न नहुँदै रकम भुक्तानीका लागि सिफारिस गरेको खुलेको छ। कागजमा काम सम्पन्न भएको देखाएर रकम भुक्तानी लिन खोज्दा कोष तथा लेखा नियन्त्रण कार्यालय जननकपुरले भुक्तानी रोकेपछि अनियमितता खुलासा भएको हो।  

कागजमा काम देखाएर व्यवहारमा रकम सिध्याउने केन्द्रको योजना यस पटक कोलेनिकाले बिफल पारिदिएको छ। केन्द्रका लेखा अधिकृत कृष्ण कणेंल असार ३० गत्ते स्वीकार कन्सट्रकसन एण्ड डी ट्यूबेल प्राली र श्री डीप ट्यूबेल जल प्रर्वद्धन समिति माडीको नाममा भुक्तानीका लागि भुक्तानी आदेशसहित कोलेनिकामा फाइल पेश गरेका थिए। कोष तथा लेखा नियन्त्रणक डा. विरेन्द्रकुमार मिश्रले केही बेर भुक्तानीको फाइल होल्ड गरिदिए। अन्तिम समयमा भुक्तानीका लागि हत्तारहत्तार फाईल पेश गर्ने लेखा अधिकृतसँग मिश्रले सोधीखोजी गर्न थाले। मिश्रले फाइलमा गरबरी पत्ता लगाइहाले। त्यतीकै बेला केन्द्रका प्रमुख पूर्बेले लेखा अधिकृत कणेंललाई फोन गरेर सबै फाईल लिएर छिटो अफिस फर्कन आदेश गरे।  

लेखा अधिकृत कणेंलले भने,‘हाकिम साबले फाइलसहित अफिस आउन भनेपछि म फर्किहाले। अफिस पुगेपछि काम नै नभएको एउटा योजनाको भुक्तानी सिफारिस सहितको फाइल उहाँले मबाट लिनुभयो, उनले भने,‘ हाकिम साबले त्यो फाइल आफैंसँग राखिहाल्नु भयो।’ त्यो फाइल बेगर असार ३१ गत्ते स्वीकार कन्सट्रकसनसहित अन्य योजनाको भुक्तानी फाइल दिएर मलाई कोलेनिका पठाउनु भयो, उनले बताए। उनले भने,‘कामै नभएको योजना सम्पन्न भएको फाइल श्री डीप ट्यूबेल जल प्रर्वद्धन समिति माडीको थियो।’  

स्वीकृत वार्षिक कार्यक्रमको योजनामा सार्वजनिक खरिद ऐन, नियमावली तथा आर्थिक कार्यविधि अनुसार काम सम्पन्न भएपछि मात्र भुक्तानी हुने प्रावधान छ। तर कृषि यान्त्रिकिकरण प्रवद्र्धन केन्द्र नकटाझिजले निर्माण कार्य सम्पन्न नहुँदै भुक्तानीका लागि आदेश गर्नु अनियमित भएको स्यमं यसै कार्यालयका कर्मचारीहरु बताउँछन। लेखा अधिकृत कणेंल भन्छन,‘योजना पूर्ण रुपले सम्पन्न नहुँदै भुक्तानी आदेश दिनु अनियमित हो। काम पूर्ण रुपले सम्पन्न भैसकेपछि मात्र भुक्तानी आदेश दिन मिल्छ।’

कार्यसम्पन्न नहुँदै कागजमा कार्यसम्पन्न भएको देखाएर असारे अलमलमा मूल्यांकनसहित भुक्तानी आदेश गर्ने धनुषाको नक्टाझिजस्थित केन्द्रको भुक्तानी रोक्का गरेर कोष तथा लेखा नियन्त्रक कार्यालयले कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ। प्रमुख कोष नियन्त्रक मिश्रले भने,‘स्थलगत निरीक्षणको क्रममा काम संचालनमै थियो। निर्माणाधीन कार्यस्थलमा कानुनी प्रकृया पूरा गरी कारवाही अघि बढाइसकिएको छ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेको कृषि यान्त्रिकीकरण प्रबद्र्धन केन्द्रले डीप ट्यूबेल काम सम्पन्न गरिसकेको भन्दै स्वीकार कन्सट्रकसन एण्ड डीप ट्यूबेल प्रालीलाई १६ लाख १ हजार २८ रुपैयाँ भुक्तानी गरिदिन असार ३० गते भुक्तानी आदेश पठाएको थियो। राष्ट्रिय धानबाली अनुसन्धान परिषद् हर्दिनाथ बनीनियाको परिसरमा डीप ट्यूबबेल जडानको काम जेठ १५ गतेबाट शुरू भई असार २९ गते सम्पन्न भएको प्राविधिक मूल्यांकनसहित कार्यालय प्रमुख पुर्बेले भुक्तानी आदेश दिएका हुन। ‘काम सम्पन्न नै नभएको भनेर सूचना आए पछि स्रोतबाट बुझ्दा समेत काम पूरा नै नभएको जानकारी आएपछि भक्तानी रोक्का गरें,’ मिश्रले नागरिकसँग भने, ‘साउन २ गते स्थलगत निरीक्षण गर्न जाँदा ट्यूबेल निर्माणको काम निर्माणाधीन अवस्थामा नै पाएँ।’  

कार्यस्थलमा काम गर्ने मजदुरहरुका अनुसार असार २७ गतेदेखि जडानको काम शुरू भएको बताएका छन। असार ३० गते होल पार्ने र खाल्डो खनेर वाटर लकिङ गरी पानी परीक्षण गरिएको मजदुरहरुले बताए।

असार ३१ गते साँझसम्म पाइप वेल्डिङ गर्ने काम हुँदै थियो। साउन १ गते पनि काम निरन्तर चल्दै थियो। साउन २ गते बिहान ६ बजेदेखि पाइप निकाल्ने काम भएके कार्यरत्त मजदुरहरुले बताए।

साउन २ गतेसम्म डीप ट्यूबेल निर्माणको काम भइरहेको अवस्थामा असार ३० गते नै कार्यालय प्रमुख पूर्बेले कार्यसम्पन्न भएको प्रतिवेदन तयार पारेर भुक्तानी आदेश कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाएको थिए। स्वीकार कन्सट्रक्सन एण्ड डीप ट्यूबबेल प्रालिका सञ्चालकको खातामा १६ लाख १ हजार ८२८ रुपैयाँ भुक्तानीका लागि भुक्तानी आदेश प्राप्त भएको प्रमाण आफूसँग सुरक्षित रहेको कोष नियन्त्रक मिश्रले बताए। ‘आर्थिक अनुशासन कायम गर्न भुक्तानी रोकर कामलाई यथास्थितिमा राख्न भनेको छु,’ मिश्रले भने।  

असार ३० गत्ते स्वीकार कन्सट्रकसनसँगै लगेको अर्को श्री डीप ट्यूबेल जल प्रर्वद्धन समिति माडीको फाईल भूलबस कोलेनिकामा पुगेको केन्द्रका निमित प्रमुख पूर्बेले बताए। कोलेनिका हाकिमले नियतबस आफ्नो भुक्तानी रोक्का गरेको पूर्बेको जिकिर छ। योजनाको काम पूर्ण रुपमा सम्पन्न नहुँदै आफूले भुक्तानी आदेश दिएको उनले स्वीकार गरे। पूर्बेले भूलबस फाईल भुक्तानीका लागि कोलेनिका पुगेको जिकिर गरेपनि भुक्तानी आदेशमा उनले राष्ट्रिय वाणीज्य बैंक पीडारी चोक जनकपुरको खाता नम्बर १५२०००२६२८०१ मा रकम भुक्तानी गरिदिन आदेश गरेको कोष नियन्त्रण मिश्रले बताए।

सर्लाहीमा भैरहेको डीप ट्यूबेल जडान, पम्प हाउस निर्माण, पम्प जडान, विद्युतिकरण, ट्रान्सफरर्मर जडान, नाला निर्माणको काममा पनि अनियमितता भएको गुनासो छ। यस योजनामा असार मसान्तमा मात्र २३ लाख भुतmानी गरिएको पाइएको छ। करिक ७५ लाखको उक्त योजनामा हालसम्म ५२ लाख ३७ हजार १७ रुपैयाँ भुक्तानी गरिएको छ। जबकी काम झै अधुरो रहेको स्यमं निमित प्रमुख पूर्बेले बताए। श्री डीप ट्युबेल जल प्रर्वद्धन समिति ब्रम्हमपुरी–७ मोनगंज, सर्लाहीलाई ०७६ फागुन ३० गत्ते १८ लाख ७६ हजार ८३ रुपैयाँ भुक्तानी दिइएको छ। असारको १० गत्ते १८ लाख ८३ हजार १ सय ५५ रुपैयाँ र असार २२ गत्ते ५ लाख ६ हजार ७ सय ७९ रुपैयाँ भुक्तानी गरिएको रेकर्ड छ। अधुरोको कामको करिब ७० प्रतिशत भुक्तानी त्यो पनि १२ दिनभित्र दुई पटकमा २३ लाख भुक्तानी गर्नुले मिलेमतो प्रष्ट हुन्छ एक स्थानीयले भने।  

केन्द्रका निमित प्रमुख पूर्बेका अनुसार कुनैपनि काम पूरा भएको छैन। सबै कामहरु अधुरा छन। कुनै योजनाको सामान खरिद गरिएको छ। कुनै योजनाको काम आधा पूरा भएको छ। काम गरेको मूल्यांकनका आधारमा भुतmानी दिएको उनको दाबी छ।

प्रकाशित: ८ श्रावण २०७७ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App