१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अझै तयार भएन लकडाउनको मोडालिटी

आज लकडाउनको ७७ दिन

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७७ दिन पुगेको छ । गत चैत ११ गते देखि सुरु भएको लकडाउन खुकुलो बन्दै गएको छ । सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपनि मोडालिटी तयार पार्न नसक्दा सर्वसाधारण स्वतःसफुर्त रुपमा घर बाहिर निस्किएका छन् । सोमबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बाक्लो देखिएको छ । मुख्य सडकहरुमा निजी सवारी साधनहरुको चाप उच्च देखिएको छ ।

सार्वजनिक सवारी साधन भने सञ्चालनमा आएका छैनन् । प्रहरीले सवारी जाँचलाई खुकुलो बनाएको छ । सडकमा मानिसहरुको आवागमन पनि बाक्लीदै गएको छ । काठमाडौंमा अधिकांश कार्यालय र उद्योग व्यवसाय सञ्चालनमा आएका छन् । न्यूरोड, भोटेबहाल, इन्द्रचोक लगायतका ठाउँमा रहेका अधिकांश पसलहरु बिहानको समयमा खुलेका छन् । सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकेको भन्दै व्यवसायीहरुले पसल सञ्चालन गर्ने निर्णय गरेका थिए ।

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा आइतबार उच्च स्तरीय समन्वय समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएपनि कुनै ठोस निर्णय हुन सकेन् । सरकारले लकडाउनका विषयमा अझै निर्णय गर्न नसक्दा सबैमा लकडाउनको अन्यौलता दखिएको छ । संक्रमितको संख्या पनि बढ्दै जाने र सरकारले लकडाउनको मोडालिटीका बारेमा कुनै निर्णय गर्न नसक्दा थप त्रास र चिन्ता बढेको छ । 

प्रकाशित: २६ जेष्ठ २०७७ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App