coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

संकटमा युवाहरुको साथ, तरकारी र खाद्यान्न उपभोक्ता माझ

घरहरुमा पुर्‍याउनका लागि प्याकेज बनाउदै युवाहरु । तस्बिर : मोहम्मद हबिब

कोरोना संक्रमण बढ्दै जादा समग्र विश्व नै संकटमा परेको छ । संकटबाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि लकडाउन करिब २ महिना हाराहारीमा पुग्न थालेको छ । पैसा भएपनि उचित मूल्यमा उपभोक्ताहरुमा तरकारी र खद्यान्न कसरी जुटाउने भन्ने चिन्ता छाइरहेको बेला भैरहवाका युवाहरुको सक्रियतामा अभियाननै चलाई घरघरमा सो सामाग्रीको पूर्ति गराइरहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि बजार बन्द भएका कारण समस्यामा परेका छन । उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्ने उद्देश्यले ताजा तरकारी र अन्य खाद्यान्न सामाग्रीस्थानिय बासिन्दालाई केन्द्रित गरी भैरहवाका एक युवा जनप्रतिनिधिसहित ४ जना यूवाले घरघरमा तरकारी र खाद्यान्न पुर्‍याउने अभियान सञ्चालन गरेको हुन ।

स्वदेशी उत्पादन प्रयोगमा प्रोत्साहन गर्न जेठ २ गते देखि अभियान सुरु गरेका हौ । भैरहवामा प्रदेश सरकारको समन्वयमा जनउत्थान र उत्कृष्ट सहकारीले कृषि एम्बुलेन्स सेवादिए पनि निश्चित ठाउँमा पालो कुर्नुपर्ने देखिएकोले फोनको भरमा घरघरमै सेवा दिइरहेको अभियानका एक सदस्य सरोज ठकुरीले बताए । भारतिय तरकारीलाई विस्थापीत गर्दै हाम्रो वरपर रहेका स्वदेशी तरकारी र खाद्यान्नलाई प्रोत्साहन गर्न चोक चोक भिडभाड नहोस भन्दै घरघरमै सेवा दिइ सहयोग पुर्‍याइरहेका छौ ।  

म्यासेज, फोन र सामाजिक संजालबाट अर्डर लिईप्याकेज र इच्छा अनुसारको तरकारी तथा खाद्यान्न सामाजिक दुरी कायम गरी प्राथमिक सुरक्षा कवच(पञ्जा, मास्क, सेनिटाइजरको प्रयोग) सहित घरघरमा सुपथ मूल्यमा पु¥याइरहेको समूहका एक सदस्य अनुप भट्टराईले नागरिक न्यूजलाई बताए । लकडाउनको मौकामा कतिपयले अत्याधिक मूल्यमा सामान बेचिरहेको पाइएपछि हामीले तरकारीसँगै किराना सामाग्री पनि घरघरमा पुर्‍याउन लागेका हौ । तरकारीहरु भैरहवाकै बसन्तपुरस्थित आरम्भ कृषि फर्मबाट र तिलोत्तमा बारीबाट आफै टिपेर खरिद गर्छौ भने खाद्यान्न स्थानीय बुद्ध किरानाबाट समन्वय र सहकार्य गरी सेवा दिइरहेका किराना व्यवसायी तथा अभियमनका सदस्य सुदिप पाण्डेले बताए ।

सिद्धार्थनगर नगरपालिका र वडा नं. १२ को कार्यालयको समन्वयमा न्यूनतम मूल्यमा सेवा दिएपनि यसलाई लकडाउनपछि पनि निरन्तरता दिने युवा समूहले बताएका छन् । एक वटा पिकअप, ईरिक्सा र मोटरसाइकल स्कुटरबाट ८ जनाले अहिले घर घर स्वच्छ हरियो तरकारी पुर्‍याइरहेका छौ ।  

यस्तो समयमा कृषकले उत्पादन गरेको तरकारी बजार पुर्‍याउन कसैर्को गुहार गर्नु पर्ने अवस्था छैन, हामी आफैले गर्न सक्छौ भनेर अभियान चलाएका छौ, उपभोक्ताको फिडव्याक पनि राम्रो पाएका छौ । कृषकहरुले उत्पादन गरेका तरकारी संकलन गरी प्याकेट बनाउने र खरिद मूल्यमा ढुवानी जोडेर उपभोक्ताको माग बमोजिम घर घरमा पुर्‍याइएको छ ।

 

प्रकाशित: ६ जेष्ठ २०७७ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App