११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बैतडीमा जीप दुर्घटनाः चालकको मृत्यु ,६ जना घाइते

बैतडी - दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटनमा आइतबार बिहान जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल रहेका बैतडीका प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घाइते हुनेमा दार्चुला दुहु ४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी , ४१ वर्षीय धनराज जोशी , २० वर्षीया हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी रहेका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

 घाइतेहरुको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र रेफरको तयारी भएकोे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
धनगढीबाट दार्चुला जादैं गरेको अनटेष्ट जिप आइतबार बिहान २ बजे दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका(६ पनतोलीमा दुर्घटनामा परेको हो। जीप सडकबाट २५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन्।

प्रकाशित: २५ फाल्गुन २०७६ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App