१६ चैत्र २०८० शुक्रबार
समाज

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्षमा रोकाय

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाडमा भएको मध्यवर्ती वन व्यवस्थापन समिति गठनमा सहभागीहरु।

डोल्पा- मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रुपमा गणेशचन्द्र रोकाया चयन भएका छन्। शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तरगतको मध्यवर्ती वन व्यवस्थापन समितिको सोमबार भएको भेलाले रोकायालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

रोकाया त्रिपुरासुन्दरी नगरपालिका ७ अन्तरगतको मुकुटेश्वर मध्यवर्ती वन व्यवस्थापन समितिका अध्यक्ष हुन्। यसैगरि गोरख बुढा, विछे कार्की, मीनवहादुर बुढा, कर्मा छिरिङ्ग गुरुङ, उर्गेन लामा, जिग्मे लामा, फुर्वा तेन्जिङ्ग बुढा, चन्द्रमान सार्की, राजभक्त रोकाया, मन्दिर थापा, तारावहादुर रोकाया, भैरववहादुर शाही र सोनाम तोर्चे लामासहितको १३ सदस्यीय कार्यसमिति चयन भएको छ। वन वन्यजन्तु र वातावरणको संरक्षणकासाथै पर्यापर्यटनको विकासका लागि मध्यवर्ती वन व्यवस्थापन समितिले कार्य गर्दै आएको छ।

त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका शे-फोक्सुण्डो गाउँपालिका डोल्पो बुद्ध गाउँपालिका र मुगु जिल्लामा रहेका डोल्फु र किम्रि मध्यवर्ती समितिसमेत गरेर १७ जना अध्यक्षहरु प्रत्येक व्यवस्थापन समितिमा चयन गर्ने गरिन्छ। अध्यक्षमा चयन भइसकेपछि पछिल्लो समय वन व्यवस्थापन र वन्यजन्तुको चोरी निकासिमा बृद्दि भइरहेकाले यसको रोकथाम र निकुन्ज वन क्षेत्रमा अनधिकृत रुपमा हुँदै आएका र हुने निजि हेलिकप्टरको अवतरण तथा उडान भर्ने कार्यमा निकुन्जको स्वीकृति विना पुर्णरुपमा रोक्काबाट गरिने अध्यक्ष गणेशचन्द्र रोकायाले बताए।

नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा स्वागत गर्दै निकुन्जका कायमुकायम संरक्षण अधिकृत सरोजमणी पौडेलले निकुन्जको सम्पति भनेको नै वन वन्यजन्तु र प्राकृतिक सम्पदा भएकाले यसको संरक्षण र संवर्धनमा सहयोग गर्न सबै लाग्नुपर्नेमा जोड दिए।


 

 

प्रकाशित: २३ मंसिर २०७६ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App