१५ चैत्र २०८० बिहीबार
समाज

स्राेत नखुलेको ३५ लाख ५० हजारसहित दुई जना पक्राउ

श्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित पक्राउ परेका महतो र दुबे । तस्बिरः नागरिक

बारा– स्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालका अनुसार पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–७ का झवानीका सुनिल महतोे र राजन दुबे रहेका छन्।

सोमबार अवैध हुण्डीको पैसा लिई ना २६ प १६४९ को मोटरसाईकलमा दुई जना व्यक्ति आउँदै गरेको सूचनाको आधारमा सुरक्षा प्रहरी वेसक्याम्प लंगडाचोक र प्रहरी विशेष ब्यूरोसमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पचरौता नगरपालिका–८ लंगडाचोकमा मोटरसाइकल रोकेर चेक जाँच गर्दा उनीहरुको साथबाट श्रोत नखुलेको रकमसहित पक्राउ परेको उपरिक्षक खनालले बताए।

मोटरसाईकल र मोटरसाईकलसवार दुबै जनालाई चेकजाँच गर्दा शरिरको विभिन्न भाग र  साथमा रहेको ब्यागबाट ३५ लाख ५० हजार बरामद भएको उपरिक्षक खनालले बताए। बरामद गरिएको रकममा एक हजार दरको १२ सय थान र पाँच सय दरको ४७ सय थान रहको छ।

पक्राउ परेका दुबै जनासँग पैसाको बारेमा सोध्दा श्रोत खोलाउन नसकेकोले उनीहरुलाई बैंक तथा वित्तिय संस्था सम्बन्धि कसूर, २०७३ अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान शुरु गरिएको उपरिक्षक खनालले बताए। 

प्रकाशित: ३ मंसिर २०७६ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App