coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुइमाजु मन्दिरपरिसरका पसलमा ताला

काठमाडौं - खुलामञ्चसँगै जोडिएको दुइमाजु मन्दिरपरिसरमा टहरामा सञ्चालित पसलमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ। शुक्रबार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा गुठी संस्थान प्रधान कार्यालय, गुठी संस्थान शाखा कार्यालय, काठमाडौंले तालाबन्दी गरेको हो।

अमृता भट्टराईले सो मन्दिरपरिसरमा टहरा बनाएर व्यवसायीलाई व्यापार गर्र्न दिएकी थिइन्। ऐतिहासिक मन्दिरभित्र पसल सञ्चालन गरिएको भन्दै यसको चौतर्फी विरोध हुँदै आएको थियो। टहरा नै भत्काउने भनिए पनि त्यहाँकै पसल व्यवसायीले जिल्ला अदालतमा हालेको मुद्दा विचाराधीन अवस्थामा रहेकाले केही गर्न नमिल्ने जिकिर गरेपछि महानगरले पसलमा ताल्चा मात्रै लगाइएको थियो।

त्यसपछि पसल व्यवसायी र जनप्रतिनिधिले गुठी संस्थानसँग वार्ता गरेका थिए। व्यवसायीले पसल हटाउन नमिल्ने भनेपछि हटाउने माग राख्दै केही समय सम्पदाप्रेमीहरूले नारासमेत लगाएका थिए। वार्तामा काठमाडौं उपप्रमुख श्रेष्ठले मन्दिरपरिसरमा व्यापार व्यवसाय गरेकाले ताला लगाएको बताइन्। ‘सम्पदा क्षेत्रमा कसैले पसल सञ्चालन गर्न पाउँदैन,’ उनले भनिन्, ‘हामीले ताल्चा मात्रै लगाएका छौं। जिल्ला अदालतमा मुद्दा परेकाले फैसला नभएसम्म समानको मुचुल्का राखिन्छ। सबैले व्यवसाय गरेर पेट पाल्नुपर्छ तर दुइमाजु मन्दिरमा होइन। म सम्पदा बचाउन लागिपरेको छु। दुइमाजु मन्दिरमा पसल सञ्चालन हुँदा पनि के हेरेर बसेको भनेर केहीले भनेपछि यसो गरेको हो।’ महानगरले टहरा मात्रै बनाउन स्वीकृति दिएको उनले बताइन्। ‘महानगरले टहरा निर्माणका लागि मात्रै नक्सा स्वीकृति दिएको हो,’ उनले भनिन्, ‘कसैले पनि ऐतिहासिक मन्दिर, सार्वजनिक स्थलमा यसरी पसल सञ्चालन गर्न पाइँदैन।’ उनले दुइमाजु मन्दिरकोे महानगर आफैंले संरक्षण गर्ने बताइन्।

अमृता भट्टराईले सो मन्दिरपरिसरमा टहरा बनाएर व्यवसायीलाई व्यापार गर्र्न दिएकी थिइन्। ऐतिहासिक मन्दिरभित्र पसल सञ्चालन गरिएको भन्दै यसको चौतर्फी विरोध हुँदै आएको थियो।

गुठी संस्थान शाखा कार्यालय, काठमाडौंका प्रमुख शैलेन्द्र पौड्यालले अमृता भट्टराईले कार्यव्यस्तताले नभ्याउने भएपछि खारेज गरिपाऊँ भनेर निवेदन दिएपछि प्रक्रियागत रूपमै सम्झौता रद्द गरिएकाले पसलमा ताला लगाएको बताए। ‘गुठी संस्थानले सबै टहरा हटाउने भनेर पत्र आएपछि हटाउन लागेका हौं,’ उनले भने, ‘अमृता भट्टराईले पनि खारेजीका लागि निवेदन दिएको थियो। सम्झौता खारेज भइसकेको छ। अब अदालतको फैसला पर्खिने हो। अदालतले संरचना हटाउने आदेश दिएपछि हटाउँछौं।’ काठमाडौं महानगरपालिका–२८ का अध्यक्ष भाइराम खड्गीले सबै डकुमेन्ट पाएको आधारमा वडाले सिफारिस दिएको बताए। पसल व्यवसायीले भने पसलको क्षतिपूर्तिको माग पूरा नभएसम्म त्यहाँबाट नहट्ने अडान राखेका छन्। पसल व्यवसाय विक्रम काफ्लेले सबै कागजपत्रको प्रक्रिया पूरा गरी पसल राखेकाले क्षतिपूर्ति पाएपछि मात्रै पसल हटाउने बताए।

गुठी संस्थान शाखा कार्यालय काठमाडौंले २०७५ मंसिर ९ गते भीमसेन गाउँपालिका–२ गोरखा, हाल काठमाडौंको तीनकुनेमा बस्दै आएकी अमृता भट्टराईलाई मासिक १५ हजार रुपैयाँका दरले पाँच वर्षका लागि भाडामा दिएको थियो। सम्झौता पत्रअनुसार दुइमाजु गुठी अन्तर्गतको मन्दिरपरिसरमा आवश्यक पूजा सामग्री व्यवस्थापन, सरसफाइ, पूजाआजा तथा रेखदेखका लागि अस्थायी टहरा निर्माणका लागि सहमति प्रदान गरिएको हो। तर, यो सहमतिमा भने कुनै सामान्य व्यापार व्यवसाय सञ्चालन गर्ने भनेर उल्लेख थिएन। तर, अहिले १७ जना व्यवसायीले स्वीकृति लिएर सो मन्दिरपरिसरमा पसल सञ्चालन गर्दै आएका थिए।

प्रकाशित: ३० कार्तिक २०७६ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App