४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अपराध

जुवातास खेलिरहेको अवस्थामा बाँकेमा १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा बाँकेमा १३ जना ब्यक्ती पक्राउ परेका छन्। जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ४ स्थित मिनीपार्क एण्ड रिसोर्ट प्रा.लि.मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।  

शुक्रबार राति करिब साढे १ बजेतिर उक्त रिसोर्टको कोठा नम्बर १ सय ५ मा हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले छापा मारेर नगद १ लाख २८ हजार ३ सय १० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको थियो।

जुवाडेको साथबाट नगद रुपैयाँसहित खेलिरहेको २ गड्डी र नखोलेको ३ गड्डी तास पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ६० वर्षीय प्रमोद के.सी., खजुरा गाउँपालिका–८ का ३३ वर्षीय एकराम हुसेन, खजुरा–३ का ४२ वर्षीय दीपक कँडेल, खजुरा–८ का २७ वर्षका अब्दुल मिया, खजुरा–८ का ३० वर्षीय साफिक खाँ, बैजनाथ गाउँपालिका–५ का ३० वर्षीय नबि हुसेन, बैजनाथ–५ कै ३८ वर्षीय जमालु दिन, जानकी गाउँपालिका–३ का ३६ वर्षका साकिर अली बगवान रहेका छन्।

यस्तै बर्दियाको बारबर्दिया नगरपालिका–७ का ३५ वर्षीय दुर्गा बोहरा, बारबर्दिया नगरपालिका–६ का ३३ वर्षीय छविलाल गिरी, बारबर्दिया नगरपालिका–६ का २७ वर्षका सुजन पुरी, बारबर्दिया नगरपालिका–७ का ३० वर्षीय नविन शाही तथा बारबर्दिया नगरपालिका–५ का ४६ वर्षका प्रेम गिरी पक्राउ परेको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०८३ १०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App