१६ चैत्र २०८० शुक्रबार
समाज

जनकपुरमा गोली चल्याे, एककाे मृत्यु

धनुषा - जनकपुरधाम उपमहानगरपालिका –१४ विद्युत प्राधिकरण स्थित एक जनाको गाेली हानेर हत्या भएको छ । गोली लागेर गम्भीर घाइते भएका ४० वर्षीय मनोज साहको उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मनोजले पैसा माग्न जाँदा उनकाे पंकज चाैधरीले गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए । मृतक मनोजको शव परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

गोली हानेर हत्या गर्ने पंकजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ६ कार्तिक २०७६ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App