२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सम्बन्धविच्छेदमा पुरुषको संख्या बढ्दै

रामेछाप – गत आर्थिक वर्षमा जिल्ला अदालत रामेछापमा दर्ता भएका ४ सय २० मुद्दामध्ये एक सय सम्बन्ध विच्छेदका मुद्दा रहेको अदालतले जनाएको छ ।

जसमध्ये पुरुषका तर्फबाट ३९ र महिलाका तर्फबाट ६१ मुद्दा दर्ता गरिएका थिए । कानुनले पुरुषलाई पनि सम्बन्धविच्छेदका लागि निर्णय लिन बाटो खोलिदिएपछि यो संख्या झनै बढेर गएको हो । जिल्ला अदालतको तथ्यांकअनुसार सम्बन्धविच्छेद गर्नेमा ३० देखि ४० वर्ष उमेर समूहका व्यक्ति बढी रहेका छन् । त्यसो त केही बालविवाह गरेकाहरू सानै उमेरमा पनि सम्बन्धविच्छेदका लागि आउँछन् ।

पछिल्लो समय अदालतमा सम्बन्धविच्छेदका लागि पुरुषहरू आउने क्रम बढेको स्रेस्तेदार गेहेन्द्रराज रेग्मीले बताए । अदालतका अनुसार धेरैजसो जोडी पहिले नै सम्बन्धविच्छेद लागि सहमति गरेर प्रक्रिया पूरा गर्न मात्र आउँछन् ।
 

प्रकाशित: ८ आश्विन २०७६ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App