१६ चैत्र २०८० शुक्रबार
समाज

मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने ७ जना पक्राउ

खोटाङ – दशैं तिहार नजिकिँदै गर्दा खोटाङमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने ७ जना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थलमा झै–झगडा गर्दै अशान्ति फैलाउने उदयपुर त्रियुगा नगरपालिका–३ का दिपबहादुर लोहनी, सोही ठाउँका बिमल राउत, उदयपुर चौदण्डीगढी नगरपालिका–१० का मिलनकुमार चौधरी, काभ्रे धुलीखेल नगरपालिका–६ का रामकुमार ठकुरी, रौतहट चन्द्रपुर नगरपालिका–४ का कमल बोगटी र सिन्धुली फिक्कल नगरपालिका–६ का डोरबहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा मादक पदार्थ सेवन गरी आपसमा झै–झगडा गरेकामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए। झै–झगडा गरिरहेको अवस्थामा पुगेको प्रहरीले सम्झाइ–बुझाइ गर्दा उल्टै अपशव्द प्रयोग गरी गाली गलौज गर्दै हातपात गर्न खोजेकामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक खेरवारले बताए। पक्राउ परेका ७ जना विरुद्ध सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप अनुमती लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यस्तै, मादक पदार्थ सेवन गरेर छिमेकीलाई कुटपिट गर्ने हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका गणेश सार्की पक्राउ परेका छन्। असोज १ गते राती मादक पदार्थ सेवन गरेको अवस्थामा छिमेकी प्रदीप सार्कीलाई कुटपिट गरेकामा उनी पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा लिनेक्रममा अपशव्द बोलेर हातपात गर्न खोजेकामा सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको मुद्धामा प्रशासनबाट ७ दिनको म्याद थप अनुमती लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०७६ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App