७ वैशाख २०८१ शुक्रबार
समाज

डडेल्धुरा पनि डेंगी भेटियो, स्थानीय सरकार नियन्त्रणको प्रयास गर्दै

डडेल्धुरा– डडेलधुरामा तीन जनामा डेंगी भेटिएको छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेशका जिल्लामाहरु फैलिँदै गएको स्क्रब टाइफस र डेंगी रोग डडेलधुरामा पनि फेला परेको हो।  

संक्रमित बढ्दै गएपछिस्थानीय सरकारले नियन्त्रणको प्रयास जारी राखेको छ। जिल्लाको अमरगढी नगरपालिकाले रोग फैलन नदिन विभिन्न कार्यक्रमहरु गर्ने भएको छ।

बुधबार अमरगढी नगरपालिकाका कार्यवहाक नगरप्रमुख संगीता भण्डारीको अध्यक्षतामा बसेको जनप्रनिधिहरुको बैठकले स्क्रब टाइफस र डेंगु जन्य रोगको नियन्त्रणका लागि अभियान नै चलाउने निर्णय गरेको हो।

नगरले प्रत्येक वडामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, आमा समूह, स्वास्थ्य स्वयंम सेविका, समाजसेवी, क्लवहरुको सहभागितामा लार्भा नष्ट गर्ने र सरसफाई गर्ने भएको हो। त्यस्तै नगरले असोज ५ गते देखि विद्यालयमा गएर प्रसार–प्रसार गर्ने कार्यक्रम तय गरेको छ। 

प्रकाशित: १ आश्विन २०७६ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App