१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शुक्लाफाँटामा बाह्रसिङ्गा घटे

महेन्द्रनगर– विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको बासस्थान कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको संख्या घट्दै गएको छ। निकुञ्जमा पाँच बर्षअघि गणना गरिएको तुलनामा बाह्रसिङ्गाको संख्या घट्दै गएको हो। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार सन २०१४ भन्दा २०१९ मा ५५ बाह्रसिङ्गा कम भएका छन्। सन् ०१४ मा दुई हजार ३ सय १ थिए, भने अहिले दुई हजार दुई सय ४६ बाह्रसिङ्गा छन्। अहिलेको गणना अनुसार तीन सय ८३ भाले, १२ सय आठ पोथी वयस्क, एक सय ३९ थाले, तीन सय १५ पोथी अर्ध वयस्क र दुई सय एक पाठापाठी रहेका छन्। अघिल्ला बर्षमा गरिएको गणना अनुसार बढ्दै गएकोमा अहिले आएर घटेको छ। 

विश्वकै बाहसिङ्गा झुण्डको रुपमा रहेको शुक्लाफाँटाको घाँसै मैदानमा बाहसिङ्गाको संख्यामा कमी आएपछि संरक्षणमा कमी भएको हो वा कसैले मारेर खाइदियो भन्नेमा चिन्ता व्यक्त गरिएको छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले वातावरणीय प्रभावका कारण घटेको बताए। उनका अनुसार जलवायुका कारण कहिले घट्ने त कहिले बढ्छन्। तर, निकुञ्जभित्र बाह्रसिङ्गाका लागि चाहिने प्रशस्त आहारा, बस्ने बासस्थानको कमी नभएको दावी गरे।  

शुक्लाफाँटामा सन् २००७ देखि बाह्रसिङ्गाको गणना शुरु गरिएको थियो। सन् ००७ मा १ हजार छ सय ७४, ०१० मा १ हजार सात सय ३७, ०११ मा एक हजार ७ सय ४३, ०१२ मा एक हजार आठ सय २५, ०१३ मा दुई हजार एक सय ७०, ०१४ मा दुई हजार दुई सय एक र ०१९ मा दुई हजार दुई सय ४६ बाह्रसिङ्गा रहेका छन्। यस्तै ८२ निलगाई रहेका छन्। १६ भाले, ४० पोथी वयस्क, दुई  भाले, सात पोथी अर्धवयस्क र १७ बाछाबाच्छी गरी ८२ निलगाई रहेका छन्। विश्वकै ठूलो झुण्डका रुपमा रहेको शुक्लाफाँटामा रहेका बाहसिङ्ग घट्दै गएपछि संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्। 

बाह्रसिंगा कार्यालयदेखि २४ किलोमिटर टाढास्थित साढे ५४ वर्ग किलोमिटर क्षेत्रफलमा  फैलिएको शुक्लाफाँटा घाँसे मैदानमा मात्र भेट्टिन्छ। विगत केही बर्षयता बाह्रसिंगाको प्रत्यक्ष ‘हेड काउन्टिङ’ (टाउको गणना) प्रविधिबाट गणना गरिँदै आएको छ ।

३०५ वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा घाँसे मैदान प्रमुख बासस्थान रहेको बाह्रसिंगा संरक्षित छ। शुक्लाफाँटामा १४ बर्ष अघि २०५८ सालमा चितवनबाट चार वटा गैंडा र चार बर्ष अघि नेपालगंजबाट कृष्णसार स्थानान्तरण गरिएको थियो। 

प्रकाशित: ८ भाद्र २०७६ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App