coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रधानमन्त्रीको उपचार विदेशमै : स्वास्थ्यमन्त्री

काठमाडौं – उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार विदेशमै गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रमम उपप्रधानमन्त्री यादवले भने, ‘नेपालमा धेरै रोगको उपचार हुन्छ तर, केही रोगका लागि बाहिर जानुपर्ने अवस्था छ। उहाँको उपचार विदेशमै हुन्छ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नेपालमा छैन भन्ने प्रश्नपछि उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादवले भने, ‘सबै किसिमका जनशक्ति भइसकेपछि विदेश गइरहनु पर्दैन होला,’ उनले भने। आँखा, हाडजोर्नी र न्यूरो सर्जरीको विश्व स्ट्याण्डर्डको उपचार नेपालमा हुने मन्त्री यादवले बताए। उनले विदेशीले पनि नेपालमा उपचार गर्न आउने गरेको बताए। एसियाबाट मात्र होइन युरोपबाट पनि उपचार गर्न आउने गरेको उनले बताए।

नेपालमा आन्तरिक रुपमा उत्पादन गर्न सक्ने औषधि ४० प्रतिशत रहेको बाँकी बाहिरबाट ल्याइने गरिएको उनले बताए। धेरै जसो चीनबाट र भारतबाट औषधि ल्याइएको उनले बताए। औषधि ल्याउनेबाटो कलकत्ता बन्दरगाह नै भएको अरु बाटो तय नभएको उनले बताए।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सांसदहरूलाई ठेक्का पट्टा नगर्न आग्ह गरे। प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिएका उनले सो कुरा बताएका हुन्। ‘जनप्रतिनिधिले ठेकेदारको काम गर्नुभएन,’ उनले भने। उनले जनप्रतिनिधिले पनि गल्ति गरे अख्तियारबाट कारबाही भएको बताए।

प्रकाशित: ४ भाद्र २०७६ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App