७ वैशाख २०८१ शुक्रबार
समाज

इँटाले हिर्काएर श्रीमतीको हत्या

कपिलवस्तु - श्रीमतीसँग सामान्य विवाद भएपछि सिद्धार्थ क्याम्पसस्थित बुङ्चीमा एक व्यक्तिले इँटाले हिर्काएर श्रीमतीको हत्या गरेका छन्। माधक पदार्थ सेवन गरेर आएका श्रीमान ४९ वर्षीय अगमान चौधरीले वाणगङ्गा १ बुङ्चीकी ३९ वर्षीया श्रीमती गीतालाई इँटाले हिर्काएर आइतबार अपरान्ह हत्या गरेको प्रहरीले जनाएको छ।

  अत्याधिक माधक पदार्थ सेवन गरेर आएपछि श्रीमतीले सामान्य गाली गरेकी थिइन्। श्रीमतीको हत्या गर्ने आगमनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। चौधरी दम्पती सामान्य ज्याला मजदुरी गरेर जीवन बिताइरहेको थिए।

 

 

प्रकाशित: २७ जेष्ठ २०७६ ००:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App