coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

गुल्मी -  रेसुङ्गा नगरपालिमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। रिडीवाट बालुवा लिएका आउदै गरेको लु ४ त २८४६ नम्बरको ट्याक्टर रेसुङ्गा नगरपालिका १३ भगाँरी नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा कपिलवस्तु घर भएका ट्याक्टर चालक अम्मर कुवँरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। ट्याक्टर सडकबाट करिव ५ सय मिटर तल खसेको वडा अध्यक्ष खुम बहादुर खत्रीले जानकारी दिए। दुर्घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।रातको समयमा ट्याक्टर दुर्घटना भएपनि शनिबार बिहान मात्रै दुर्घटनाको खबर प्राप्त भएको वडा अध्यक्ष खत्रीले बताए।

प्रकाशित: २५ जेष्ठ २०७६ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App