२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चिनियाँ सामान लिन तातोपानीबाट खासा पुग्यो कन्टेनर

चीनको खासामा चिनियाँ सामग्री लोड गर्नका लागि अध्यागमन कार्यालय कोदारीबाट पास लिदैं नेपाली । तस्बिरः रासस

काठमाडौं– विनाशकारी भूकम्प र बाढी पहिरोको कारण चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका सोमबारबाट अनौपचारिक रुपमा खुलेको छ। जेठ १५ गते औपचारिक रुपमा नाका खुलाउने तयारी अन्तिम चरणमा पुगेपछि सोमबार सामान लिन ६ वटा कन्टेनर र १० जना लोडर खासामा पुगेका छन्।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार जेठ १५ गते औपचारिक रुपमा नाका सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको निर्माण नसकिएपछि अहिले तत्कालका लागि तल अर्को पुल बनाइएको छ। अहिले उक्त पुलबाट ढुवानी हुने पौडेलले नागरिक न्यूजलाई जानकारी दिए। अध्यागमन कार्यालय कोदारीले चिनियाँ सामान लोड गर्न जानका लागि १० जनालाई पास उपलब्ध गराएको जनाएको छ।

सो कार्यक्रमका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव जाने मन्त्रालयका प्रवक्ता नवराज ढकालले नागरिक न्यूजलाई बताए। उनका अनुसार चीनबाट पनि केन्द्रिय सरकारको प्रतिनिधि आउने छन्।

नेपालका लागि चिनियाँ राजदुत होउयान्छि भोलि नै तातोपानी जाने अध्यक्ष पौडेलले बताए। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र परराष्ट्र मन्त्रालयबाट एक जना सहसचिव जाने जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App