coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रेडपाण्डाको छालासहित भरुवा भन्दुक बरामद

भोजपुर – भोजपुरबाट विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डाको छालासहित अवैध रुपमा लुकाएर राखिएका भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। टेम्केमैयुम गाउँपालिका २ छिनामखुको रुमलाका निरकुमार भुजेलको घर खानतलाशी गर्दा बन्यजन्तुको छालासहित भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

भोजपुरको मैयुमडाडाँ आसपासमा रेडपाण्डा देखिदै आएको छ। रेडपाण्डाको संरक्षण अभावले चोरी शिकारी हुने गरेको छ। विशेष सूचनाका आधारमा केशबकुमार थेबेको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार भुजेलको घर खानतलासी लिएको थियो। भुजेलको घरबाट चोरी शिकारी गरी विभिन्न बन्यजन्तुको छाला, अंग र हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ।

भुजेलको दुई वटा घर खानतलासी गर्दा रेडपाण्डाको छाला, भालुको छाला, निगाले बाघको छाला बरामद गरिएको प्रहरीले जनाएको छ। शिकार गर्न प्रयोग हुने भरुवा बन्दुक दुई नाल र भरुवा बन्दुकमा प्रयोग हुने ब्यारेल दुई थान समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख थेवेले बताए।

भुजेललाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याइएको छ। घरधनी निर कुमार भुजेल केही समय अगाडिमात्र वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका थिए।  थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App