देशका विभिन्न कारागारबाट भागेका १६६ कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त टोली बनाएर जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमफेदी कारागारबाट भागेका ४४० जना मध्ये ७८, जिल्लाको बालसुधार गृहबाट भागेका ७२ मध्ये चार, नक्खु कारागारका सात, केन्द्रीय कारागारका दुई, कास्की कारागारका एक, तनहुँका दुई र कारागार पहिचान नभएका ३५ जनालाई पक्राउ गरिएको छ।
प्रकाशित: २६ भाद्र २०८२ १७:५४ बिहीबार





