१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रेडपाण्डाको छालासहित पाँच पक्राउ

नेपालगन्ज - लोपाेन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित ५ जना कोहलपुरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार कोहलपुर २ मा रहेको एक होटलबाट छालासहित रंगेहात उनीहरुलार्इ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ बाँकेका ४१ बर्षीय थमन दमाई, सोही ठाउँका २८ बर्षीय दीपक सुनार, २१ बर्षीय बलराज ऐडी, कोहलपुर–१ का ४६ बर्षीय बुद्धि शर्मा र कोहलपुर २ निवासी २८ बर्षीय मुकेश दमाई रहेका छन्। पक्राउ परेकामाथि अनुसन्धान भईरहेको र शुक्रबार डिभिजन वन कार्यालयमा छालासहित अभियुक्तलाई बुझाईने ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए। 

 

प्रकाशित: २५ आश्विन २०७५ १५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App