५ वैशाख २०८१ बुधबार
समाज

निर्मला हत्याकाण्ड : छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडाैं - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठीत समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छ। समितिको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै सरकारको आलोचना भैरहँदा गृह मन्त्रालयले आइतवार प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो।

घटनाको छानबिन गर्न सरकारले गत भदौ ७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। गृह मन्त्रालयका सह सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले गत असोज ९ गते गृहमन्त्री समक्ष घटनाबारेको प्रतिवेदन पेश गरेको थियो। समितिको प्रतिवेदन सार्वजनिक नगरी लुकाएर राखिएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको थियो। समितिले बुझाएको प्रतिवेदन ३७ पृष्ठको रहेको छ। सार्वजनिक गरिएको प्रतिवेदनले प्रहरी अधिकारीबाट छानबिनका क्रममा गम्भिर त्रुटी र लापरवाही भएको निष्कर्ष निकाल्दै उनीहरुमाथि विभागीय कार्वाहि गर्नुपर्ने सुझाव पेश गरेको थियो।

प्रतिवेदनकाे पूर्णपाठ

प्रकाशित: २१ आश्विन २०७५ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App