१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

जगातीदेखि अब अटोमोबाइल्समा डोलेश्वर मन्दिर

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीदेखि डोलेश्वर मन्दिर हुँदै आशापुरीसम्म जाने अटोमोवाइल्स सञ्चालनमा ल्याइएको छ ।

मंगलबार सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतले एक समारोहबिच उक्त कार्यक्रमको उद्घाटन गरे ।

डोलेश्वर मन्दिरमा पूजाआजा गर्ने भक्तजनको घुइँचो नै लाग्ने गर्दछ। तर सहज यातायात नहुँदा भक्तालुले समस्या भोग्नु परेको थियो।

बिहान पाँच बजेदेखि साँझ सात बजेसम्म सञ्चालन हुने भएकाले यस क्षेत्रका बासिन्दालाई किनमेल, पूजापाठ र बजार आवतजावतमा सहज हुने अनुमान छ । बिहानको समयमा अझ बढी भक्तपुरका कलेजहरूमा आउने विद्यार्थीहरूलाई सहज हुने भएको छ । यसअघि भक्तपुर नगरपालिका क्षेत्र आउन पाँचदेखि १० किलोमिटरसम्म हिँड्नु पर्ने बाध्यता थियो।

करिब एक वर्षदेखिको निरन्तरको प्रयासले अटोमोवाइल्स सञ्चालन गर्न सफल भएको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतले बताए ।

प्रकाशित: २४ असार २०८२ १६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App