२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक वडाध्यक्षलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

जिल्लाको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष जनार्दन यादव र घुस रकम लिने कार्यमा संलग्न एक व्यवसायीलाई अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले आज (सोमबार) रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, वडाध्यक्ष यादवले वडाभित्रका विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेका थिए।

वडाध्यक्ष यादवले उक्त घुस रकम आफैँले नलिई सिद्धार्थनगर नगरपालिका-९ स्थित श्री गणेश ट्रेडिङ्गका सञ्चालक विपिन कुमार पाण्डेयलाई लिन लगाएका थिए।

व्यवसायी पाण्डेयले सेवाग्राहीबाट उक्त तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा अख्तियारको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका वडाध्यक्ष यादव र व्यवसायी पाण्डेयमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: २३ असार २०८२ २०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App