१८ माघ २०८२ आइतबार
image/svg+xml
समाज

नगरवासीलाई निःशुल्क रगतको व्यवस्था

पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ। नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब निःशुल्क रगत पाउने भएका छन्।

‘पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौं,’ नगरप्रमुख महेश खरेलले भने। सम्झौता अनुसार रेडक्रसले निःशुल्क आवश्यक रगत उपलब्ध गराए बापत नगरले प्रतियुनिट रु एक हजार ५० का दरले रकम प्रदान गर्नेछ।

प्रकाशित: १८ असार २०८२ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App