अविरल वर्षासँगै आएको बाढीले ककनी गाउँपालिका - १ कागतीगाउँस्थित भसीबुमा एक महिला बेपत्ता भएकी छन्।
बिमचा खोल्सी (कोल्पु खोला) मा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले बताए।
उनको अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो। अहिले उनको खोजी भइरहेको छ। बाढीले श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको र उपचारका लागि काठमाडौं पठाइएको छ।
बाढीले थप गोठमा पनि क्षति पुर्याएकाले पशुचौपाया क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए। बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायाको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले प्रयास जारी राखेको जनाइएको छ।
प्रकाशित: १३ असार २०८२ १२:४५ शुक्रबार





