भक्तपुरको चाँगुनारायण नगरपालिका –६ फेदीस्थित गोठ पहिरोले पुरिँदा शुक्रवार दुई गाई र एउटा बाच्छाको मृत्यु भएको छ ।
स्थानीय सहदेव लामिछाने र रामकुमार लामिछानेको ढुङ्गा माटोले बनेको जस्ताले छाएको दुई तले कच्चीगोठमा पहिरो आउँदा तीनको मृत्यु भएको हो। बाँधिराखेका ५ वटा गाईमध्ये २ वटा गाईलाई बिहान नेपाल प्रहरी र स्थानीयको सहायताले सकुशल उद्धार गरिएको छ ।
पहिरोले मानवीय क्षति भने हुन नपाएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
प्रकाशित: ६ असार २०८२ ०९:४६ शुक्रबार





-600x400.jpg)