१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

बाम्का बजारमा ३५ पसल जले, ८ करोडभन्दा बढी क्षति

शुक्रबार बुढीगङ्गा नगरपालिका–६, बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर भएको आगलागीले ३५ पसल जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, आगलागीले बाम्का बजारका पसल पूर्णरूपमा सखाप भए। प्रहरी निरीक्षक देवबहादुर चौधरीले ३५ पसलको प्रारम्भिक क्षति ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ भएको बताए। प्रहरी तथ्यांकअनुसार योगनाथ न्यौपानेको किनारा पसलमा सबैभन्दा बढी १ करोड ८० लाखको क्षति भएको छ।

यस्तै, तोयानाथ न्यौपाने, छत्र थापा र धनबहादुर साउदको पसलमा समान १ करोड ५० लाखको क्षति भएको छ। दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षति रकम खुलेको छैन। फेन्सी, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक पसल र होटल नष्ट भए। भगतराज गिरीको सु प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल पनि जलेर नष्ट भएको छ।

आगलागी अपराह्न ३:३० बजे भएको थियो। स्थानीय तहमा दमकल नहुँदा ठूलो क्षति भएको पीडितको गुनासो छ। छत्र थापाले भने, ‘स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिन्थ्यो।’

जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबारको बैठकले पीडितको तथ्यांक संकलन गरी राहत र पुन:स्थापनाका लागि प्रदेश र संघ सरकारसँग माग गर्ने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे शुक्रबार प्रभावित क्षेत्रमा पुगी क्षतिको अनुगमन र पीडितको गुनासो सुनेका छन्।

प्रकाशित: २४ जेष्ठ २०८२ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App