१४ माघ २०८२ बुधबार
image/svg+xml
समाज

सिंहदरबारमा तीन दलका शीर्ष नेता बैठक बस्दै

फाइल।

मुलुकको समसामयिक राजनीतिक परिस्थिति र संसदको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रही प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आज (सोमबार) छलफल हुने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ४ बजे उक्त छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सहभागिता रहने बताइएको छ।

सचिवालयका अनुसार, बैठकमा मुख्यतया संसदमा जारी अवरोध हटाउने, र अन्य राष्ट्रिय महत्वका विषयमा सहमति जुटाउने प्रयास गरिनेछ।

प्रकाशित: १९ जेष्ठ २०८२ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App