११ माघ २०८२ आइतबार
image/svg+xml
समाज

जातीय विभेद गरेको आरोपमा पत्रकार थापा पक्राउ

जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा पत्रकार शेरबहादुर थापा पक्राउ परेका छन्। दैलेख जिल्ला आठबीस नगरपालिका–६ घर भई अहिले वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतमा पत्रकारिता गर्दै आएका ३९ वर्षका थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार (आज) पक्राउ गरेको हो ।  

आरोपित थापाविरुद्ध गत बैशाख ११ मा जाहेरी परेपछि उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुडथापाले जानकारी दिए। उनका अनुसार आरोपितलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको छ।

पत्रकार थापाले गत वैशाख १० गते साँझ बलबहादुर थापा नामक फेसबूक अकाउन्टमा ‘पिठिउँपछि कुरा काट्ने काट्दै गर तर, आफै गाउँमा बसेर समाजको काम गर मन्दिरको भगवान् हैन तिमीहरूलाई पुज्छु’ भन्ने स्टाटसमा आरोपित थापाले दलित समुदायमाथि जातीय विभेदजन्य शब्द ‘... नपाल्नु’ भन्ने टिप्पणी गरेका थिए। उक्त टिप्पणीलाई लिएर आरोपितविरुद्ध जातीय विभेदको उजुरी परेको थियो।

जातीय विभेदविरुद्धको उजुरी परेलगत्तै आरोपित थापा फरार रहेका थिए। आरोपित थापा नेकपा (एमाले) निकट प्रेस चौतारीका केन्द्रीय सदस्य हुन्।

प्रकाशित: १२ जेष्ठ २०८२ २१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App